नेपाली साहित्य समाज क्यानडाले यही जनवरी ११ शनिवार साँझ ब्राम्प्टनको Bukhara Grill मा भव्य गजल साँझ सम्पन्न गरेको छ।
नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गर्दै, साहित्यका माध्यमबाट समाजमा सकारात्मक संदेश फैलाउने र प्रवासमा नेपाली साहित्यिक/सांस्कृतिक सम्पदलाई अघाडि बढाउने प्रयासको अर्को एक कडीको रुपमा समाजले यो कार्यक्रमलाई लिएको छ।
कार्यक्रममा दुई दर्जन बढी गजल र आधा दर्जन गजल गीतहरुको मनमोहक प्रस्तुती रहेको थियो।
नेपाली साहित्य समाजका अध्यक्ष डा. खेम गुरागाईंले कार्यक्रम संयोजन, प्रचार प्रसार, आर्थिक, स्वयम् सेवा लगायत विविध क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुर्याउनु हुने ध्रुव भट्टराई, निराजन क्षेत्री, प्रकाश रिमाल, सन्दिप अर्याल, दामोदर पोख्रेल, रबिन्द्र लम्साल, रविन थपलिया, युवराज भण्डारी, पारु पाण्डे तथा कार्यक्रम स्थल उपलब्ध गराउने बुखारा ग्रिल, लाई विशेष धन्यवाद र निम्तो स्विकारी सहभागिता जनाउने सबैलाई धन्यवाद दिदै दिदै बाँकी कार्यक्रम अघि बढाउन अनुरोध पछि समाजका महासचिव मोहन खरेलले कार्यक्रम संचालन आरम्भ गरेका थिए।
कार्यक्रमका अध्यक्ष खेम गुरागाईंको एउटा सुमधुर गजल प्रस्तुती पश्चात युवराज भण्डारीले गजल वाचनको शुरुवात गरेका थिए। त्यसपछि क्रमसः पारु पाण्डे, रबिन्द्र लम्साल, लक्ष्मी न्यौपाने, दिपक राज अधिकारी, कपिल सुबेदी, गोपी कृष्ण काफ्ले, माधब बराल, रबिन थपलिया, राधिका कुसुम, रबिन्द्र घिमिरे, खेम गुरागाईं, रुक्मिणी उपाध्याय, शरद मैनाली, शोभा गुरागाईं, नारायण सापकोटा, राम चन्द्र अधिकारी, कृष् खड्का, कृष्ण प्रसाद पोख्रेल, किस्मत भण्डारी, अनुप न्यौपाने, अमित उपाध्याय, गोविन्द सिंह रावत लगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
यसै गरी खेम गुरागाईं, लक्ष्मी न्यौपाने, रविन्द्र घिमिरे, केशव दाहाल, देव भट्टराई र शरद मैनालीले गजल वाचनका बीच बीचमा गजल गीतहरु गाएर माहोललाई गुन्जायमान बनाएका थिए।
कार्यक्रमले क्यानडाका प्रवासी नेपालीको गजल प्रेमलाई अझ मजबुत बनाएको समाजको ठम्याई छ। दिग्गज स्रस्टाहरुको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको र नव प्रतिभाहरुलाई प्रोत्साहन गर्ने प्रयासमा समाजको खुलेर प्रशंसा गरेको पाइयो।


