Home अध्यक्षको सन्देश

अध्यक्षको सन्देश

by admin

 क्यानडामा बसोबास गर्ने नेपाली साहित्यप्रेमीहरूमाझ नेपाली भाषा र साहित्यको प्रकाश फैलाउँदै, नेपाली साहित्य समाज क्यानडाले विगत २२ वर्षदेखि अविराम यात्रा जारी राखेको छ। सन् २०२१ देखि यस समाजको नेतृत्व गर्ने टोलीमा सहभागी हुने सौभाग्य पाएको छु, र यस जिम्मेवारीलाई निष्ठा र प्रतिबद्धतासाथ निर्वाह गर्ने संकल्प गरेको छु।

प्रवासमा बस्ने सम्पूर्ण भाषा-साहित्यप्रेमीहरूलाई नेपाली साहित्यको समृद्ध यात्रामा साथ दिन, सिर्जनात्मक कर्ममा जुट्न र नेपाली पहिचानलाई अझ उज्यालो बनाउन हार्दिक आह्वान गर्दछु। विश्वास छ- हामी सबैको सामूहिक प्रयासले केही सार्थक उपलब्धिहरू अवश्य हासिल हुनेछन्।

Heading Title

by नेसास