नेपाली साहित्य समाज क्यानडाले डिसेम्बर महिनाको भर्चुअल कवि गोष्ठी यही ३० तारेख शनिवार सम्पन्न गरेको छ। सहभागी स्रष्टाहरुले विभिन्न विषयहरुमा मीठा मीठा कविताहरु वाचन गर्नु भएको थियो। राजेन्द्र कार्कीले ‘कृत्रिम चेत’, माधब बरालले ‘उसलाई भगवान बनाउन मन छ’, पारु पाण्डेले ‘विचारहरुको भुमरी’, युवराज भण्डारीले ‘गिज्याउँछ’, पुण्यसागर मरहट्टाले ‘म पनि कोही हुँ’, हेम अधिकारीले ‘कविज्यू’, रविन थपलियाले ‘मक्किएको रुखको ठुटो’, दिनेश धरेलले ‘यात्रा’, मोहन खरेलले ‘आशको मोल’, मदन बस्नेतले ‘मेरो शहर लास मन पराउँछ’ शीर्षकका कविता वाचन गरेका थिए।
क्यानडा भरिका साहित्यानुरागी र श्रस्टाहरुलाई साहित्यिक अभिव्यक्तिको मञ्च प्रदान गर्दै आएको नेपाली साहित्य समाज, क्यानडा यहाँको एक विशेष इतिहास र गौरव बोकेको सँस्था हो