
नेपाली साहित्य समाज क्यानडाले अप्रिल २८, २०२४ मा अन्टेरियो प्रभिन्सको मिसिसागा सिटिमा साहित्यप्रेमीहरुको उल्लेख्य उपस्थिति एवं सहभागितामा ‘साहित्य संगम’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
डा. खेम गुरागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन समाजका कोषाध्यक्ष पारु पाण्डेद्वारा गरिएको थियो। कार्यक्रममा २१ कविहरुले कविता तथा गजल वाचन गरेका थिए।
युवराज भण्डारीको कविता वाचनबाट शुरुवात भएको उक्त कार्यक्रममा दिपक अधिकारी, राधिका कुसुम, शोभा गुरागाईं, रविन थपलिया, मोहन खरेल, लिलानाथ पाण्डे, सन्दिप तिमल्सिना, माधब बराल, रबिन्द्र लम्साल, अमृत बानिया, पारु पाण्डे, शिशिर पाण्डे, खेम गुरागाईं, बुद्धिप्रकाश पौडेल, प्रतिक भण्डारी, प्रयुश बराल, नरेश ज्ञवाली, शरद मैनाली, देवराज भट्टराई तथा रुक्मिणी उपाध्यायले वाचन गरेका थिए।
वाचन सकिए पछि समाजका अध्यक्ष डा. खेम गुरागाईंद्वारा सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने तथा सहभागिता जनाउने सबैलाई धन्यवाद दिदै, र कार्यक्रममा ब्रेकफास्ट तथा लन्चको सम्पूर्ण खर्च प्रबन्धन गरिदिने दिपक त्रिपाठीलाई विशेष धन्यवाद दिंदै कार्यक्रम समापनको घोषणा गरेका थिए।
नेपाली साहित्य समाज क्यानडाले हरेक महिना जसो साहित्यिक गतिविधि गरिरहेको छ। नेपाली साहित्य समाज, क्यानडा क्यानडाबासी नेपाली साहित्यप्रेमीहरुको सृजनात्मक अभिव्यक्तिको साझा मन्चको रुपमा परिचित छ।