नेपाली साहित्य समाज क्यानडाले २०७९/२०२३ को सरस्वती पूजाको अवसरमा सरस्वती वन्दना, पूजा, एवं कविता वाचनको कार्यक्रम सम्पन्न गरेको छ। टोरन्टो पब्लिक लाइब्रेरीको अल्बर्ट क्याम्पबेल शाखाको हलमा कार्यक्रम आयोजना गरियो। समाजका अध्यक्ष खेम गुरागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्री दुर्गाप्रसाद पोख्रेलले सरस्वती पूजाको महत्त्व र कसरी सार्थक पूजा गर्नु पर्छ भनि प्रकाश पार्नु भएको थियो।पूजा अर्चना पछि अक्षरारम्भको कार्यक्रममा बालबालिकाको सहभागिता भएको थियो। रवीन थपलिया, रबिन्द्र लम्साल, मदन बस्नेत, रवीन्द्र घिमिरे, पुण्यसागर मरहट्टा, मोहन खरेल, खेम गुरागाईं लगायत सहभागीले आफ्ना गहकिला र मीठा कविता तथा गजल सुनाउनुभएको थियो। युवराज भण्डारीले आफू उपस्थित हुन नसके पनि पठाउनुभएको कविता शोभा गुरागाईं मास्केले पाठ गरी सुनाउनुभएको थियो। नेसास क्यानडाका तर्फबाट कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद!