नेपाली साहित्य समाज क्यानडाले अप्रिल २४, २०२२ आइतबार साँझ ७ बजे भर्चुअल कविता वाचनको २३ औं शृंखला सम्पन्न गरेको छ। कविता, गीत र गजल सहितको यस कार्यक्रममा एघार जना श्रस्टाको सहभागिता थियो। एडमन्टनबाट भिम अर्याल र दिनेश धरेलको सहभागिता थियो भने टोरन्टो अन्टेरियोबाट पार्वती पाण्डेय, रेखा पौडेल, रबिन थपलिया, युवराज भण्डारी, रबिन्द्र लम्साल, जयराम सिम्खडा, मोहन खरेल र खेम गुरागाईंले आ-आफ्ना सिर्जना वाचन गरेका थिए।
समाजका महासचिव मोहन खरेलले संचालन गरेको उक्त कार्यक्रममा अध्यक्ष खेम गुरागाईंले उपस्थित तथा काम विशेषले छुट्नुहुने सबै सर्जकहरुलाई आगामी शृंखलाहरुमा उपस्थितिको लागि अनुरोध गर्दै कार्यक्रममा उपस्थित सबैलाई नयाँ वर्ष २०७९ को शुभकामान सहित धन्यवाद ज्ञापन गरेका थिए।
अप्रिल महिनामा निस्कने सुसेली चौमासिकको तेस्रो अंक तथा निकट भविश्यमा प्रकाशन गर्न लागिएको कविता संग्रहका लागि क्यानडामा रहेर नेपाली साहित्य सृजनामा लागेका सबै सर्जकहरुमा रचना आव्हान गरिएको थियो।