
नेपाली साहित्य समाज क्यानडाले २०९औं भानुजयन्तीको अवसर पारेर जुलाई १६,२०२२ मा नायगरा फल्सको किङ्ग्स्ब्रिज पार्क (Kingsbridge Park) मा दोस्रो उत्तर अमेरिका सीमा वारीपारी नेपाली कविता वाचन कार्यक्रम आयोजना गर्यो। क्यानडाको ग्रेटर टोरन्टो, अटवा, भ्यानकुभर, एडमन्टन र अमेरिकातर्फ बोस्टन लगाएत विभिन्न ठाउँबाट कवि, कवयित्रीहरूको गरिमामय उस्थिति थियो। नेपालबाट आएका कविहरूको उपस्थितिले कार्यक्रमको सौन्दर्य बढाएको थियो। ३५ जना कवि, कवयित्रीहरूले कविता वाचन गरेको कार्यक्रममा दर्शक, श्रोताको अपेक्षित उपस्थितिले कार्यक्रम राम्रो भएको थियोे।
गोविन्द सिंह रावतको संयोजनमा गरिएको यस कार्यक्रमको साहित्य समाजका अध्यक्ष खेम गुरागाईँले अध्यक्षता र महासचिव मोहनप्रसाद खरेलले सञ्चालन गरेका थिए। रचना वाचन गर्ने र कार्यक्रमको लागि आर्थिक सहयोग जुटाइ दिनेहरुलाई समाजका अध्यक्षद्वारा मायाको चिनो प्रदान गरिएको थियो।
1 comment
कार्यक्रम आयोजकलाई हार्दिक धन्यबाद अनि बधाई।यस्तै कार्यक्रम बर्षेनि चलोस शुभकामना।
मेरा इनार नत सत्तल पाटी केइ छन।
जे धन र चिजहरु छन घरभित्र नै छन।।
यस घाँसीले कसरी आज दिएछ अर्ति।
धिक्कार हो मकन बस्नु नराखी किर्ती।।