प्रस्तुतकर्ता:-रविन थपलिया, अध्यक्ष , नेपाली साहित्य समाज क्यानडा
मिति : २०२१ फेब्रुअरी 20
महामहिम राजदुतज्यू , क्यानाडाका लागि नेपालका अवैतानिक वाणिज्यदुत ज्यू तथा आदर्णिय साथीहरु
नमस्ते,
आज मिति २०२१ फेब्रुअरी 20 तारिखमा भर्चुअल रुपमा नेपाली साहित्य समाज क्यानाडाको बार्षिक साधरण सभामा उपस्थित सम्पूर्ण साहित्यानुरागी साथीहरुलाई नेपालि साहित्य समाजको तर्फबाट साहित्यिक अभिवादन ब्यक्त गर्दछु। क्यानाडामा नेपाली साहित्यको विकास र प्रवर्दन गर्नमा गएको बर्ष पनि एउटा एतिहसिक, सृजनात्मक र सफल बर्ष हुन गएकोमा सम्पूर्ण कार्य समितिका साथीहरु र साहित्यिक मनहरुलाई हृदय देखि नमन गर्न चाहन्छु। कोरोनाको महामारीको बाबजुत पनि प्रविधिको सहयोगमा भर्चुअल रुपमा हामीले जे जति कार्यक्रम गर्यौ त्यो सर्हानिय नै छ भन्ने लाग्दछ।
टोरोन्टो साहित्य समाजको नाममा २००४ साल देखि यो संस्थाले आफ्नो साहित्यिक क्रियाकलाप गरेको र २०१७ सालदेखि औपचारिक रुपमा नेपाली साहित्य समाज क्यानाडा Federal Corporation मा दर्ता भइ आफ्ना गतिविधिहरु संचालन गरिरहेको सर्वविदितै छ। नेपालि भाषा साहित्यको विविध कार्यक्रम मार्फत एउटा अलगै पहिचान बनाउन सफल यस समाज नेपाली साहित्यिक मनहरुको दुखसुख बाड्ने एउटा चौतारी नै भएको छ। आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा अनावश्यक भार दिन हामीले कहिले पनि सोचेनौ र यो नेसास क्यानडाको उद्देश्य पनि होइन, तसर्थ हामि आर्थिक रुपले त्यति सम्पन्न छैनौ होला। तर हाम्रा कार्यक्रम, प्रस्तुति र यस संस्थाप्रति नेपाली समुदायले देखाएको सद्भाव नै हाम्रो सम्पन्नताको प्रतिक हो। जसरि शरीर स्वस्थ रहन स्वस्थ आहारविहार चाहिञ्छ, त्यसरी नै स्वस्थ मन र आत्माको लागि सृजनात्मक क्रियाकलापको आवश्यकता पर्दछ। जो तन, मन र आत्माले स्वस्थ रहनछ उ नै सच्चा र सृजनशील मानव हुनसक्छ भन्ने मान्यतालाई नेपाली साहित्य समाजले सकेसम्म आत्मसात गर्ने प्रयास गरेको छ ।नेपाली साहित्य समाजलाई आजको दिनसम्म आइपुग्न आ-आफ्नो ठाउंबाट स्थापनाकालदेखि हालसम्म सहयोग गर्ने अग्रजहरु, कार्यसमितिमा बसेर काम गर्ने साहित्यिक मनहरु, लेखेर,पढेर, गाएर, सुनेर , सुनाएर समाजका हरेक कार्यक्रमलाई सफल बनाउने सबैलाइ हृदय देखि सम्मान गर्न चाहन्छु।
दुई बर्षे कार्यकाललाई फर्केर हेर्दा :
मिति २०१९ साल फेब्रुअरी ८ मा , 200 Wellesley St East मा भएको साधारण सभाबाट निर्वाचित हाम्रो कार्यसमितिले २ बर्ष समाजको निस्वार्थ सेवा गर्ने अवसर पायो र विभिन्न औपचारिक अनौपचारिक कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न गर्यो।
- लक्ष्मी जयन्ति, भानु जयन्ति , मोती जयन्ति , सरस्वती पूजा, नेपाली टोपी दिवस जस्ता नेसास का नियमित कार्यक्रमहरु
- बसन्त चौधरीको बिश्वकाव्य यात्राको क्यानाडामा आयोजना
- प्रा डा अभि सुबेदी संगको अन्तरंग
- भर्चुअल कवि गोष्टीको ११ वटा शृंखला
- २ वटा भर्चुअल साहित्यिक अन्तरंग
- वेबसाइट तथा वेबमेलको निर्माण तथा संचालन
- संस्थाको anual filing समेत गरि संस्था चुस्त दुरुस्त
- विभिन्न संघ सस्थाको कार्यक्रममा नेसासको अर्थपुर्ण उपस्थिति
- आर्थिक कारोबार नेसासको बैंक खाता मार्फत मात्र गर्ने गराउने संस्कार
- नेसास को सदस्यता वेबसाइट मार्फत ब्यस्थिकरण
गत बर्ष सम्पन्न कार्यक्रमहरु:
- जनवरी ३१, २०२१= भर्चुअल कवि गोष्ठी, एघारौं शृंखला
- जनवरी १, २०२१= अन्य संस्थाहरु संग मिलेर टोपी दिवस
- २७ डिसेम्बर, २०२०= भर्चुअल कवि गोष्ठी, दशौँ शृंखला
- १९ डिसेम्बर, २०२०= “भाषा साहित्यको बिकास र विस्तार” अन्तरंग कार्यक्रम, बिशेष अथिति नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति , अन्य संस्था संग मिलेर
- १५ नोवेम्बर , २०२० = भर्चुअल कवि गोष्ठी, नवौं शृंखला
- २७ सेप्टेम्बर , २०२० = भर्चुअल कवि गोष्ठी, आठौँ शृंखला
- ३० अगस्ट, २०२० = भर्चुअल कवि गोष्ठी, सातौँ शृंखला (राष्ट्र कवि माधव घिमिरे प्रति समर्पित )
- २६ जुलाई, २०२० = भर्चुअल कवि गोष्ठी, छैटौं शृंखला
- २८ जून , २०२० = भर्चुअल कवि गोष्ठी, पाचौं शृंखला (भानु जयन्ति )
- ३१ मे , २०२० = भर्चुअल कवि गोष्ठी, चौथो शृंखला
- १७ मे, २०२०=भर्चुअल कवि गोष्ठी, तेस्रो शृंखला
- ३ मे , २०२० = भर्चुअल कवि गोष्ठी, दोस्रो शृंखला
- १९ अप्रिल , २०२० = भर्चुअल कवि गोष्ठी, पहिलो शृंखला
- १ फेब्रुअरी, २०२० = साधरण सभा
(१५ मार्च, २०२० मा फागु हास्य ब्यङ्ग गर्ने सम्पूर्ण तयारी भै सकेको तर कोरोना महामारीको कारणले स्थगित गरिएको)
नेपाली साहित्य समाज क्यानडाको वेबसाइट :
जनवरी २०२१ को पहिलो साताबाट नेपाली साहित्य समाजको आफ्नै वेबसाइट संचालनमा आएको छ। ढिलै भए पनि हाम्रा कार्यक्रमहरु, रचनाहरु, संस्थाका बारेमा विश्व सामु आफ्नै वेबसाइट मार्फत पुग्ने बाटो प्रसस्त भएको छ। हाम्रो वेबसाइट www.nepalisahityasamajcanada.com हो। नेपाली साहित्य समाजको भर्चुअल कवि गोष्टीको सानो ग्रुपमा सहयोग आहवान गर्दा पनि तपाइँहरुले देखाउनु भएको उदारता प्रति नेपाली साहित्य समाज क्यानडा नतमस्तक छ।
नेपाली साहित्य समाज क्यानडाको वेबमेल:
त्यसैगरि संस्थागत इमेलहरु वेबमेल मार्फत आदानप्रदान गर्नु अझ उपर्युक्त र समय सान्दर्विक ठानी नेसासका इमेलहरु info@nepalisahityasamajcanada.com र admin@nepalisahityasamaj.com गर्न सुरु गरिएको छ।
नेपाली साहित्य समाज क्यानडाको अलग्गै बिशेसताहरु :
संस्थाको मूल उद्देश्यबाट बिचलित नभई अविरल अगाडि बढेर नेसासले अलग्गै पहिचान बनाएको छ।
- पट्यारलाग्दो आसन ग्रहण , भाषण, खादा , मालालाई सकेसम्म न्यूनीकरण गरियो
- राजनीतिक आग्रह र पूर्वाग्रह भन्दा ममाथि उठेर कला,साहित्य र सृजनामा जोड दिइयो
- संस्थाका सदस्यहरुलाई बेला बेलामा सहयोग मागी राख्ने काम गरिएन
- आर्थिक कारोवारको पारदर्शिता
- सृजनाको आधारमा सस्ट्राको मापन हुन्छ भन्ने मन्त्रलाई अनुसरण गरियो
आर्थिक पारदर्शिता:
आर्थिक पारदर्शिता नै संस्थाको मुख्य आधार हो भन्य मूल्य मान्यतालाई अनुसरण गर्दै नेपाली साहित्य समाज क्यानाडा संग सम्बन्धित कुनै पनि आर्थिक कारोबार बैंक मार्फत मात्र गर्न थालिएको छ। गत आर्थिक बर्षको आयव्यय विवरण तल प्रस्तुत गरिएको छ:


धन्यवाद तथा आभार:
नेपाली साहित्य समाज क्यानाडाको दुई बर्षे कार्यकाल असाध्यै उत्साहजनक र सृजनात्मक रहन गयो। यसका विविध कार्यक्रममा प्रतक्ष्य वा अप्रक्ष्य रुपमा सहभागी हुनुहुने सम्पूर्ण साहित्यिक मनहरुमा नेसास हृदय देखिको आभार ब्यक्त गर्न चाहन्छ। त्यसै गरि आर्थिक सहयोग गरेर हैसेमा होस्टे गर्ने उदार मनहरुलाई जति धन्यवाद दिए पनि कमि नै हुन्छ जस्तो लाग्छ। कार्यसमितिका साथीहरुबाट प्राप्त सल्लाह र सहयोगप्रति नेसास सधै आभारी छ। नेपालीका विभिन्न संस्थाहरुले नेसासलाई दिएको स्थानप्रति पनि आभार ब्यक्त गर्न चहान्छु र यसै गरि सहकार्य अगाडि बढोस भन्न चाहन्छु। आजको यस कार्यक्रममा उपस्थित अतिथि , सहभागी सदस्यहरुमा बिशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु र नेपाली साहित्य समाज क्यानडाको उत्तरोतर प्रगतिको कामना गर्दछु। धन्यवाद।
–रविन थपलिया, अध्यक्ष , नेपाली साहित्य समाज क्यानडा