– सुरेन्द्र राजभण्डारी
लुकेर लुक्ने ठाउं नै छैन
भागेर कहाँ जाने
डटेर सामना गर्नै पर्छ
जित्नै पर्ने एउटा युद्ध
हामी हारेर पनि जित्ने छौँ
साबधानी अपनाउनै पर्छ
शत्रु यहिं कहिं
आसपास हुनु पर्छ
नदेखिने शत्रुसँग
हामी लडिरहेको छौँ
खानपिन जीवन शैलीमा
परिवर्तन गर्दै
प्रतिरक्षात्मक शक्ति बढाउदै
युद्धमा होमिएका छौँ
हातमा पन्जा र नाकबंदी लगाई
काममा लागेका छौँ
कसले कसलाई छोएर
कहांबाट के सर्ने हो
माटोमै रहेको वा हावामै रहेको
कण कण अणु परमाणु
डि एन ए , आर एन ए
रुप परिवर्तन गर्दै
भाइरस युद्धमा
होमिएको बेला
डरले त्राहिमाम त्राहिमाम
हाम्रो हिड्ने बाटो नै
परिवर्तन भयो
हाम्रो दैनिकी नै
नयाँ बनाइदियो
सिमानाको तारबार वा
पर्खालले नछेकेको
धनी वा गरिब भनि
भेदभाब नगरेको
हामी सबै प्रकारको उपायहरु
अबलम्बन गर्दै छौँ
मौका पर्खिरहेका छौँ
भाइरस कमजोर हुनलाई
उता साथीहरु ल्याबमा
औषधी र भ्याक्सिन
बनाउन तल्लिन छन्
हामी हाम्रै कृषि बन बुटी
प्रयोग गर्दै रक्षात्मक पंक्तिमा
खडा भएका छौँ
अग्रपंक्तिका स्वास्थ्यकर्मीहरु
कहिल्यै नदेखिएको युद्धमा
सिपाही भै लडिरहेकाछन्
सुक्ष्म जीवाणुसंगको यो युद्धमा
जीवन मृत्यूको खेल भैरहेकोछ
अन्न पानीको शरीर लिएर
बाँचिरहेको हामी
स्वस्थ्य मनोदशा राखेर
अगाडि बढ्नु परेको छ
जाँचको परिधि अझै बढाउनु छ
छुट्याउनु परेको छ शंकास्पद बिरामीहरु
गुणस्तरीय खाद्य सुनिच्छता र
उपयुक्त पोषण कायम गर्दै
हामी जीवन निरन्तरताको
बाटोमा अग्रसर भएका छौँ
जित्नै पर्ने एउटा युद्ध
हामी हारेर पनि जित्ने छौँ ।