93
-गोपी कृष्ण काफ्ले
कोरिन्छन सीमा रेखा
ऊँच नीच का
र लगाईन्छ भाग जातीयता को
अनि हामी
चुच्चे/नेप्टे र थेप्चे बन्छौ
ब्राह्मण, क्षत्री,
वैश्य र शूद्र बन्छौ।
बनाइन्छ पर्खाल घरानीया को
झुपडी र महल का आधार मा
हामी
धनी/ गरीब हुन्छौ
बाँधिन्छ बन्धन राजनीति को
र
लिइन्छ
फरक रङ्ग का
झण्डा हरू हात मा अनि
हामी
कम्युनिष्ट, काङ्ग्रेस, पञ्च या मधेसी बन्छौ
बोकाइन्छ भारी धर्मभिरु हरु को र हामी
हिन्दू ,ईशाई र मुस्लिम बन्छौ
हामी सम्मान गर्दा
कहिले देवता
र
अपमान मा
कहिले राक्षस उपनाम मा प्रताडित छौ
रङ्ग का आधार मा
बसाईं का आधार मा
क्षेत्र का आधार मा राजनीति का आधार मा
धर्म का आधार मा
पटक पटक
कसैको इसारा मा
कसैको चालमा माकुरा को जालो भित्र
थाहा नै नपाई जेलिन्छौ
हामी हरेक ठाँउ मा हरेक पल टुक्रा टुक्रा पारिएका छौं
हामी हरेक कुरा हुन्छौ
हरेक थोक बन्छौ
तर किन
मानब बन्न सकेनौं ।
2 comments
YAKDAM Mitho cha, swaad Ayo…..Ramro Sandesh, Sochniya kura
राम्रो कविता, धन्यवाद कवि ज्यूलाइ । शायद यस्को जबाफ कविता “मान्छे , मान्छे नै बन्नु पर्छ”-मानकाजी “ज्येना” होला कि?