66
डा जयराम सिम्खडा
एकै प्रहर तिमीलाइ सामुन्नेमा नदेखेत
कुन्नी किन पानी बिहिन माछो सरि हुन्छु मत
तिम्रो माया अफिमको नशा चढ्दैछ
तिम्रो हो कि मेरो भुल, झन्झन् बढ्दैछ ।१।
तिम्रो सासको तातो हावा एक्छिन फेर्न नपाएत
कसैले घाटि थिची निस्सासिएझैं हुन्छु मत
दुबो सरी तिम्रो माया झन्झन् बढ्दैछ
तिम्रो माया अफिमको नशा चढ्दैछ ।२।
कोकिलझै मधुर बाणी एकछिन सुन्न नपाएत
तिर्खाएको काकाकुल झै ब्याकुलै पो हुन्छु मत
उमेर सङ्गै तिम्रो प्रीति झन्झन् बढ्दैछ
तिम्रो माया अफिमको नशा चढ्दैछ ।३।
अनायसै तिमिलाई केहि होला कि भनी मत
मुटु भित्र भाला कतै रोपे जस्तो हुन्छु मत
शुक्लपक्ष्य शशि सरी माया बढ्दैछ तिम्रो माया अफिमको नशा चढ्दैछ ।४।