–रबिन्द्र लम्साल
जाँउला भन्थ्यौ सँगँसगैँ, एकलै गयौ त प्यारी
एकै झल्को देख्न नपाई बिरानि भयौ त प्यारी
कस्तो रोग लाग्यो कठै, बाटो छेके भेट्छु भन्दा
पोल्यो होला छाती कति कसरी सह्यौ त प्यारी
बिरानो त्यो ठाउँ पनि, बिरानै सबै वरि परि
परायको साथ थ्यो कस्तो कसरी रह्यौ त प्यारी
सम्झिहौलि आँफन्तजन, रोयौ कति सम्झि घर
आँशु झार्दै मन को क़हर को सँग कह्यौ तप्यारी
“आमा कैले आउँनुहुन्छ?” भन्दै सोध्छन्छोरा छोरी
कस्तो पिडा भा’छ भनऊँ मुटुनै लयौ त प्यारी
जून तारा अँध्यारा छन, अँध्यारोछ आँगनिनै
सबै शुन्य तिमी बिना खै काहाँ गयौ त प्यारी !
जाँउला भन्थ्यौ सँगँसगैँ, एकलै गयौ त प्यारी
एकै झल्को देख्न नपाई बिरानि भयौ त प्यारी
सन्दर्भ: कोभिड – १९(कोभिड का कारण हाल संसारमा यस्ता वियोगान्त घटनाहरू धेरैले भोग्नुपरेको छ – यस्ता घटनाहरु जीवनमा फेरि कसैलाई नपरून भन्ने कामना सहित)
(यो वियोगान्त गजल कसैको जीवनसँग पनि मेल नखाओस भन्ने मेरो कामना !)
रबिन्द्र लम्साल