99
–युव राज भण्डारी
तिम्रो आँखामा गहिरो प्रीत देखे
गहिराइमा डुब्दै प्रेम गीत लेखे।
हाम्रो सम्बन्धको नयाँ परिभाषा
आपसमा रमाउने हाम्रो अभिलाषा।
तिम्रो खुसीमा आफ्नो जित देखे
आकाशमा उड्दै प्रेम गीत लेखे।
मिलेर हामी सागर तर्न सक्छौ
शून्यमा मिठो संगीत भर्न सक्छौ।
तिम्रो कदममा जीवनको रित देखे
वसन्तमा फुल्दै प्रेम गीत लेखे।
तिम्रो आँखामा गहिरो प्रीत देखे
गहिराइमा डुब्दै प्रेम गीत लेखे।
तनहुँ, हाल: मन्ट्रियल, क्यानाडा