-डा जयराम सिम्खडा
हिड्नलाई सबल गोडा जगत् हेर्न आंखा
मन् मस्तिस्क दुबै सक्षम बुझ्न जन भाषा
खुला आकास सिमा मेरा छैन केहि बन्धन्
यति सुन्दर धर्तीमा छु के मा गरुं गन्गन् ॥१॥
आज्ञाकारी भाई बहिनी बाआमा प्रेममूर्ती
माया गर्ने छिमेकी दिदी-आमा दोश्री धर्ती
मार्ग दर्शक गुरुहरु असल भाइ साथी
लाग्थ्यो मलाई छैन कोही म भन्दा माथि ॥२॥
आधि बाटो हिडेपछि ‘उनी’ सङ्ग भेट भयो
जिन्दगीका रङ्गीन यात्रा त्यहीबाट सेट भयो
बरदान पायौं बर पिपल दुई छोरा छोरी
यती प्रिय जिवनयात्रा सुनाऊं कसो गरी ॥३॥
सुन्दर शुशिल प्राणसरी उनीलाई पाएको छु
सन्सारको सबैभन्दा भाग्यमानी भएको छु
बाबा मेरा हासि खुशि बांचे देखी सय बर्ष
हुने थिएन त्यो भन्दा त ठूलो कुनै अर्को हर्ष ॥४॥
मुटु चुडे जस्तो गरि छोड्नु पर्यो दिदिआमा
अर्को पाँच साल नभै फेरि जन्मदिने प्यारी आमा
चीत्त बुझाएं काल चक्र कस्ले रोक्न सक्छर
सबको दशादिशा त्यही कस्ले छेक्न सक्छर ॥५॥
सधैं भरी लाग्छ मलाइ शीर माथि बसीबसी
दिदी-आमा आमा दिन्छ्न् आशिर्बाद भएजती
जहां गए जे गरे नि बाटो आफैं खोज्दै आउंछ
धाउनु पर्ने गन्तब्य त मेरै बाटो रोज्दै आउंछ ॥६॥
माया प्रेम धन दौलत पुग्ने जति पाएको छु
हांसि खुशी जीवनसङ्ग मीठो प्रीति लाएको छु
यस्तो प्रिय जिन्दगीलाइ हांसि खुशि सक्न पाऊं
सबैलाई माया सद्भाव प्रेम बाड्दै रोक्न पाऊं ॥७॥