-डा तुल्सी धरेल
धेरै अघि बढ्नु हुन्न
त्यसले फाटो पलाउछ
चुप चाप एक्लै बस्नु हुन्न
त्यसले बिरानो बनाउछ
बीच मा उभिएर रमिता हेर्नु हुन्न
त्यस ले बाटो छेकिदिञ्छ।
अघि पछि अगाडी कतै पनि
दौडिनु हुन्न
हिड्नेहरु डराउछन
किनकि बाटो त् सानो छ
यात्रीहरु धेरै छन्
कोहि कसै को प्रतिछ्या मा छन्
कोहि भारि बोकाउछन्
कोहि आदेश कुरी बस्छन
कोहि छैन छ्यमता अगुवा हुन्छन।।
कस्तो दोधार परियो यहाँ
दौडिउ भने एक्लै हुने
हिडू संगै संगै भने पट्टाई लाग्ने
चुपचाप रमिता हेरौं, पलायन हुने।।
साथी
लक्ष्य.अगि, साथी पछि
साथी.कुर्दा लक्ष्य.छुट्ने
अघि बढ्दा साथी.छुट्ने
सोच आफ्नो थियो!!
साथी..कस्तो पर्यो भने
अझ ढिलो हिड्ने
मैले लक्ष्य.भेट्ला भन्ने
ईर्ष्या मात्रै लिने!!
गर्न धेरै खोजेको हो
साथी.खुसि पार्न
जालै जाल बुनि रहे
मेरो लक्ष्य रोक्न!!
यात्रा रोक्दा साथी.खुसि
आफु भने दु:खि
कस्तो दोधार परिएछ
दुवै त्याग्न गाह्रो
साथी.कस्तो हुदारैछनयात्रा भयो साह्रो!!